नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार ल्याउने बताएका छन्। सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कुनै पनि व्यक्तिले सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने योजना रहेको बताए।
उपसभापति शर्माले अब कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटकभन्दा बढी पदमा नबस्ने प्रावधान लागू हुने जानकारी दिए। उनले चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै, स्वस्थ आलोचना स्वभाविक हुने भए पनि अरूलाई गाली गरेर राजनीतिलाई सुधार गर्न नसकिने स्पष्ट पारे।
उपसभापति शर्माले भने, “चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा भोलि निराशा सिर्जना गर्ने कार्य भाषण र घोषणापत्रमार्फत नगर्नुहोस्। देशको शासनमा जे-जस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा हामीले केलाएका छौं। जेनजी विद्रोहको भावना अनुसारको सुधार, परिमार्जन र समग्र परिवर्तन हामी सम्भव बनाउनेछौं। देश जान्दछ कांग्रेस बदलिएको छ, र जो बदलिन सक्छ, उसैले बदल्न सक्छ।”















प्रतिकृया