दुई कम्पनीको भोलि जेठ ९ गते वार्षिक साधारणसभा बस्ने भएको छ। गोर्खाज फाइनान्स र नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि बस्ने भएको हो।
गोर्खाज फाइनान्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा भोलि जेठ ९ गते बिहान ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्दैछ। यसअघि कम्पनीले पुस २९ गतेका साधारणसभा बोलाएको थियो तर, गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरेको थियो।अब सोहि सभा भोलि बस्दैछ।
सभाले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको हुँदा पुस १८ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।
त्यस्तै, नेको इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा जेठ ९ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गरिसकेको छ।जस अनुसार वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया