गोर्खाज फाइनान्सले स्थगित गरेको साधारणसभा पुनः बोलायो, केके छन् प्रस्तावहरु ?



Advertisement
Ads

गोर्खाज फाइनान्स लिमिटेडले पुस २९ गतेका लागि तय गरिएको ३०औं वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित गरेको थियो। अब कम्पनीले उक्त सभा जेठ ९ गते बिहान ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पुनः आह्वान गरेको छ।

कम्पनीको वैशाख २४ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। यस पटकको सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।


Advertisement

सभाले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको हुँदा पुस १८ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर