गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। कम्पनीका अनुसार पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार हाल सोही समूहका सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा जानकारी गराउनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नआएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया