SHAREHUBSHAREHUB

सरकार र जेन-जी बीच भएको १० बुँदे सहमति राजपत्रमा प्रकाशित भयो

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २६ गते
AdvertisementAds
सरकार र जेन-जी बीच भएको १० बुँदे सहमति राजपत्रमा प्रकाशित भयो
AdvertisementAds

सरकार र जेन-जी जनआन्दोलनका प्रतिनिधिहरूबीच भएको १० बुँदे सहमति नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, मंसिर २४ गते नेपाल सरकार र जेन-जी जनआन्दोलनका प्रतिनिधिहरूबीच सम्झौता भएको थियो।

सो सम्झौतालाई सर्वसाधारणको जानकारीका लागि नेपाल सरकारको निर्णयअनुसार राजपत्रमा प्रकाशित गरिएको हो। सरकारले जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको १० बुँदे सम्झौतालाई अनुमोदन गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गरेको हो। सम्झौता मुद्रण विभागद्वारा प्रमाणीकरण भएपछि विधिवत् लागू हुनेछ।

साथै, मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय पनि गरेको छ। यो निर्णय बुधबारको जेन-जी सम्झौताअनुसार गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स