नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन्।
संसदीय दलको नेताको लागि थापा र सुहाङ नेम्वाङ दुवैले दाबी गरेका थिए। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नपाउँदा निर्वाचनको तयारी गरिएको थियो।
थापाले उम्मेदवारी दिइसकेका थिए भने सुहाङले पनि मनोनयनपत्र लिएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका थिए। यद्यपि, सुहाङले आवश्यक समर्थक र प्रस्तावक पाउन नसकेका कारण चुनाव हुन सकेन र थापा निर्विरोध निर्वाचित हुने भएका हुन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया