इला होटल एण्ड रिसोर्टको सीइओमा थापा नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
इला होटल एण्ड रिसोर्टको सीइओमा थापा नियुक्त

इला होटल एन्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो।

थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ। उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, युएई र साउदी अरब लगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन्।

आईएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृत थिए, जहाँ उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे र भेन्यूहरूको संचालन नेतृत्व गरेका थिए। त्यसअघि उनले काठमाडौँस्थित होटल याक एन्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनको सिजी हस्पिटालिटी र भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा कार्य गरेका छन्।

थापासँग मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी र रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग पनि काम गरेको अनुभव छ।

आईएमई हस्पिटालिटी अन्तर्गत कम्पनीले काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायत विभिन्न होटल र रिसोर्टको व्यवस्थापन गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स