बिचौलियाहरूबीचको तानातानले गर्दा गभर्नर नियुक्तिमा ढिलाई भएको हो: प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ४ गते
बिचौलियाहरूबीचको तानातानले गर्दा गभर्नर नियुक्तिमा ढिलाई भएको हो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा ढिलाइको कारण राजनीतिक दलहरूबीचको असमझदारी नभई बिचौलियाहरूबीचको तानातान भएको दाबी गरेका छन्।

उनले सरकारमा स्वार्थ समूहको प्रभाव बढेको र इमानदार कर्मचारीहरूलाई अपमानित गर्ने प्रवृत्ति बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। प्रचण्डले मेरिटका आधारमा गभर्नर नियुक्त गर्न आग्रह गर्दै संविधान संशोधन अधिकार खोस्ने नभई थप अधिकार दिने गरी हुनुपर्ने बताए।

रूपन्देहीमा आयोजित कार्यक्रममा उनले तराई राजमार्ग अभियान जनअपेक्षा अनुसार अघि बढेको भन्दै सरकारलाई दबाब दिन अभियान चलाइएको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स