भर्खरै हकप्रद जारी गर्ने अनुमति पाएको तेह्रथुम पावरको नाफा २ करोड २० लाख

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
भर्खरै हकप्रद जारी गर्ने अनुमति पाएको तेह्रथुम पावरको नाफा २ करोड २० लाख

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेर २ करोड २० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड २४ लाख रुपैयाँबाट बढेर १२ करोड १३ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ५ करोड ६० लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रशासनिक खर्च २८ लाख ९३ हजार र बिक्री खर्च ४ करोड ३० लाख रुपैयाँ रहेको छ। कम्पनीको वित्त खर्च घट्दा नाफा बढेको हो।

यस जलविद्युत कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ३० पैसा छ।

कम्पनीले भर्खरै धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको थियो।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स