विद्युत बिक्री आम्दानी घटेपनि कसरी बढ्यो तेह्रथुम पावरको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १६ गते
विद्युत बिक्री आम्दानी घटेपनि कसरी बढ्यो तेह्रथुम पावरको नाफा ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीको खुद नाफा २२.१९ प्रतिशतले बढेर ५ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्त खर्च घटेकाले कम्पनीको नाफामा वृद्धि भएको हो। पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.४८ प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ भने वित्त खर्च अघिल्लो वर्षको २ करोड १२ लाख रुपैयाँबाट घटेर १ करोड ३ लाख रुपैयाँमा पुगेको छ। यता, प्रशासनिक खर्च भने ७ लाख रुपैयाँबाट बढेर १० लाख रुपैयाँ पुगेको छ।

तेह्रथुम पावरको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २८.१२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९९.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.९९ गुणा र तरलता अनुपात २.५८ प्रतिशत कायम भएको छ।

TPC 1 https://bajarkochirfar.com/how-did-terathum-powers-profits-increase-despite-a-decrease-in-electricity-sales-revenue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स