तेह्रथुम पावरले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
तेह्रथुम पावरले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने

तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिक साधारण सभा आगामी कात्तिक १७ गते (सोमबार) का दिन आह्वान गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो साढे १२ बजेबाट सुरु हुने छ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पेश गरिने छन्।

त्यसैगरी, नियामक निकाय वा सम्बन्धित कार्यालयबाट प्राप्त हुने कुनै संशोधन, परिवर्तन वा निर्देशनहरूलाई समायोजन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

यस पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले, कात्तिक ११ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स