सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावर कम्पनीको सेयर किन्न पाउने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३ गते
सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावर कम्पनीको सेयर किन्न पाउने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्री गरेको सेयरमा आवेदन दिने आज (भदौ ३) गते अन्तिम दिन रहेको  छ।  कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेको ४ लाख १८ हजार ७३८ कित्ता सर्वसाधारण समूहका हकप्रद सेयर लिलामीमार्फत बिक्री गरेको हो।

उक्त सेयर खरिदका लागि लगानीकर्ताले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेश गर्न सक्नेछन्। आवेदन दिन न्यूनतम १०० कित्ता अनिवार्य भए पनि अधिकतम संख्यामा आवेदन दिन कुनै सीमा तोकिएको छैन। यस लिलामीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स