तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामीमार्फत अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। भदौ १० गते यी सेयरको बाँडफाँड बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले सम्पन्न गरेको जानकारी दिएको छ।
कम्पनीले साउन २७ देखि भदौ ३ सम्म हकप्रदमा अवितरित सेयर लिलामीमा बिक्री खुला गरेको थियो, जसमा सर्वसाधारण समूहका लागि कुल ४,१८,७३८ कित्ता सेयर उपलब्ध गराइएको थियो। नबिल इन्भेष्टमेन्टले भदौ ६ गते बोलपत्र खोल्दा कट अफ प्राइस ३२५ रुपैयाँ कायम भएको थियो। ३२५ रुपैयाँभन्दा बढी रकम प्रस्ताव गर्नेले पूर्ण सेयर पाएका छन् भने ३२५ रुपैयाँमा आवेदन दिनेले समानुपातिक रूपमा सेयर पाएका छन्।
बाँडफाँडमा नपरेको रकम भदौ १२ देखि सम्बन्धित सेयरधनीको बैंक खातामा आईपीएसमार्फत पठाइने कम्पनीले जनाएको छ। कम्पनीले असार १६ देखि साउन ११ सम्म १:१ अनुपातमा ४० लाख हकप्रद सेयर निष्काशन गरेको थियो, जसमा ३५,८१२६२ कित्ता सेयर लगानीकर्तालाई बाँडफाँड गरिएको थियो। बाँकी सेयर लिलामीमार्फत बाँडफाँड भएको हो।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया