मेची भन्सारबाट चिया र अलैँचीको निर्यात बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
मेची भन्सारबाट चिया र अलैँचीको निर्यात बढ्यो

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मेची भन्सार कार्यालयमार्फत चिया र अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म चिया निर्यात ५०.४० प्रतिशतले बढेर १२,५७६.३५ मेट्रिक टन पुगेको छ। सोही अवधिमा चिया निर्यातबाट रु ३ अर्ब २० करोड २ लाख ९१ हजार भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो रकम रु २ अर्ब १२ करोड ७६ लाख ३७ हजार मात्र थियो।

अलैँची निर्यातमा पनि सुधार देखिएको छ। चालु आवको फागुन मसान्तसम्म अलैँची निर्यात १२.८ प्रतिशतले बढेर रु ५ अर्ब ८३ करोड ७३ लाख ६८ हजार पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा अलैँची निर्यातबाट रु ५ अर्ब १७ करोड २६ लाख ९७ हजार भित्रिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स