राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विचार र दृष्टिकोण मिल्ने व्यक्तिहरूलाई अझै पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन्।
चितवनको सौराहामा शुक्रबार सुरु भएको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै अर्यालले भने, “पार्टी स्थापना हुँदा अहिले चर्चामा रहेका केही व्यक्तिहरूसँग सँगै जाने कुरा भएको थियो। तर त्यसबेला उहाँहरूले साथ दिन मान्नुभएन। अहिले पनि स्वागत गर्न तयार छौँ।”
उनको भनाइ बालेन्द्र साह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित थियो। अर्यालका अनुसार, पार्टी बनाउने समयमा उनीहरूलाई समेत साथमा ल्याउने प्रयास गरिएको थियो।
अर्यालले भने, “उहाँहरूले रास्वपाको स्थान र पहिचान बुझ्नुभएको छ। पार्टी निर्माणको इच्छालाई हामी स्वागत गर्छौँ, तर केवल प्रचारका लागि गरिएको प्रयासको प्रतिवाद गर्छौँ।”
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया