‘टेक एन्ड पे’ को व्यवस्था सच्याएर अघि बढ्नुपर्छः सांसद महत



पूर्वअर्थमन्त्री तथा सांसद प्रकाशशरण महतले टेक एन्ड पेको बजेट व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्। उनले जलविद्युत् क्षेत्रको विकासका लागि टेक एन्ड पे को व्यवस्था सच्याएर अघि बढ्नुपर्ने जोड दिएका छन्।

प्रतिनिधिसभामा गरिएको छलफलमा महतले विभिन्न दबाबका बीच व्यावहारिक बजेट प्रस्तुत गरिएको बताएका छन्। उनले ३ करोडभन्दा कमको आयोजनाहरू उपयुक्त भए पनि कतिपय टुक्रेका आयोजना बजेटमा समावेश भएकाले त्यसमा कडाइ गर्नुपर्ने बताएका छन्।


Advertisement

महतले बजेटको आकार सही भए पनि स्रोत सुनिश्चित गर्ने चुनौती रहेको पनि उल्लेख गर्दै भने, ‘चालु खर्च र ब्याज तिर्ने दायित्व बढ्दै गएको छ। पुँजीगत खर्च केही बढे पनि खर्च गर्ने क्षमता बढाउन आवश्यक छ।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर