स्वरोजगार लघुवित्तको नाफा ११८% ले बढ्यो, ब्याज आम्दानी र सञ्चालन नाफामा समेत उल्लेख्य सुधार
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ११८.९६ प्रतिशतले बढेर १६ करोड २ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ६६.७० प्रतिशतले बढेर ४३ करोड ८६ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २००.४० प्रतिशतले बढेर २१ करोड ११ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ३ करोड ९९ लाख रुपैयाँबाट घटेर ३ करोड ७९ लाख रुपैयाँमा आएको छ।
खराब कर्जा अनुपात ०.३३ प्रतिशत बिन्दुले घटेर ५.३९ प्रतिशत पुगेको छ।
लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ। लघुवित्तको वितरणयोग्य नाफा २० करोड ४१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १६.३९ रुपैयाँले बढेर ३०.९३ रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ।