स्वरोजगार लघुवित्तको नाफा ११८% ले बढ्यो, ब्याज आम्दानी र सञ्चालन नाफामा समेत उल्लेख्य सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २३ गते
स्वरोजगार लघुवित्तको नाफा ११८% ले बढ्यो, ब्याज आम्दानी र सञ्चालन नाफामा समेत उल्लेख्य सुधार

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ११८.९६ प्रतिशतले बढेर १६ करोड २ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ६६.७० प्रतिशतले बढेर ४३ करोड ८६ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २००.४० प्रतिशतले बढेर २१ करोड ११ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ३ करोड ९९ लाख रुपैयाँबाट घटेर ३ करोड ७९ लाख रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.३३ प्रतिशत बिन्दुले घटेर ५.३९ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ। लघुवित्तको वितरणयोग्य नाफा २० करोड ४१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १६.३९ रुपैयाँले बढेर ३०.९३ रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स