प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
मंसिर २३ गते दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा विचाराधीन थियो। घिमिरेले रिटमाथि कारण देखाऊ आदेश जारी भएको जानकारी दिएका छन्।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक सिफारिसमा संसद् विघटन गरिएको हुँदा संसद् तत्काल पुनर्स्थापना गर्न आदेश दिनुपर्ने माग गरिएको छ ।
त्यसैगरी, रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत माग गरिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया