सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २.७७ प्रतिशतले घटेर ८ करोड ७७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९५ करोड ५५ लाख रुपैयाँबाट २१.६० प्रतिशतले घटेर ७४ करोड १२ लाख रुपैयाँमा झरेको छ। यता, वित्तीय खर्च ५६ करोड ७९ लाखबाट घटेर ३६ करोड २९ लाखमा सीमित बनेको छ। यस्तै अन्य सञ्चालन खर्च ५ करोड ७५ लाखबाट घटेर ३ करोड २७ लाखमा झरेको छ।
२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा ११ करोड ६४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.२८ रुपैयाँ रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया