राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको कडा आलोचना गरेकी छन्। उनले सरकारको यो कदमलाई ‘विनाश काले, विपरीत बुद्धि’ भन्दै गलत निर्णयको संज्ञा दिएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि जनाउँदै प्रश्न उठाइन्, “केवल तीन महिना कार्यकाल बाँकी रहेको लोकप्रिय प्रशासकलाई यस्तो संवेदनशील समयमा हटाउनु सरकारको प्राथमिकता हो?”
उनले सरकार जनताको भावना बुझ्न असफल भएको बताउँदै “जनताको आक्रोश नबुझ्ने दुईतिहाइको सरकार!” भन्दै कडा टिप्पणी गरिन्।
सरकारले सोमबार घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको छ।
















प्रतिकृया