नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको मन्त्रिपरिषद् वरीयता निर्धारण गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएपछि मन्त्रिपरिषद्को नयाँ वरीयताक्रम सार्वजनिक गरिएको हो ।
नयाँ वरीयताअनुसार गृहमन्त्री गुरुङ मन्त्रिपरिषद्मा पाँचौं स्थानमा रहेका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन आठौं वरीयतामा छन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् ।
दुवै मन्त्रीले यसअघि पनि सरकारमा जिम्मेवारी सम्हालिसकेका छन् । गुरुङ यसअघि गृहमन्त्रीकै भूमिकामा थिए भने पुनले अघिल्लो कार्यकालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए ।


प्रतिकृया