SHAREHUBSHAREHUB

सुधन गुरुङ आज फेरि गृहमन्त्री बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २६ गते
AdvertisementAds
सुधन गुरुङ आज फेरि गृहमन्त्री बन्दै
AdvertisementAds

रास्वपा सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई दोस्रोपटक गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसअघि सम्पत्ति र लगानी सम्बन्धी विवादपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। छानबिन समितिले उनको सम्पत्तिमा कुनै अस्वाभाविकता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृहमन्त्री नियुक्त गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स