प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले मध्यराति बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटप्रति असन्तुष्ट युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए।
सुदन गुरुङले जनता सबैभन्दा शक्तिशाली भएको चेतावनी दिँदै नियुक्त मन्त्रीहरूबारे असन्तुष्टि जनाए।
कार्कीले कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र पूर्वप्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्री नियुक्त गरेकी थिइन्। तर सल्लाह नगरी निर्णय गरिएको भन्दै सुदन समूह आक्रोशित भयो।
आन्दोलन हाइज्याक भएको भन्दै समर्थक आक्रोशित भएपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया