नेपाल बीमा प्राधिकरणको पदपूर्ति समितिको बुधबार बसेको बैठकले सुशिल देव सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। वरिष्ठताको आधारमा कमलराज रेग्मी अगाडि भए तापनि पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पछि परेका कारण सुवेदीले अग्रता हासिल गरेका हुन्।
लोकसेवा आयोगको टिम, बीमा प्राधिकरणकै पदपूर्ति समितिका अध्यक्ष मदन दाहाल र विज्ञ सदस्यसहितको टोलीले विधिवत् कार्यसम्पादन मूल्याङ्कन गरी सुवेदीलाई नियुक्त गर्न सिफारिस गरेको हो।
प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि कमलराज रेग्मी, सुशिल देव सुवेदी, र पुजन ढुंगेलबीच प्रतिस्पर्धा भएको थियो। निर्णय प्रक्रियामा कार्यसम्पादन मूल्याङ्कन निर्णायक सावित भयो, जसअनुसार सुवेदीले ७७.१९४ अंक प्राप्त गर्दै नियुक्ति पाएका हुन्।









![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया