चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले सरकारले आफ्नो चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गर्ने निर्णय अघि बढाएको बताएका छन्। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले उक्त विषय निर्वाचनकै समयमा व्यापक छलफलमा आएको र जनताले वाचापत्रलाई अनुमोदन गरिसकेको दाबी गरे। त्यसैले विद्यार्थी संगठन नराख्ने विषयमा अब थप बहस आवश्यक नरहेको उनको भनाइ थियो।

उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना तथा वार्षिक शुल्क लिएको गुनासो सरकारसम्म आएको पनि बताए। यस विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी तथा उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भइसकेको जानकारी दिँदै उनले शुल्क नियन्त्रणमा स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिए। “तोकिएको मापदण्ड र नियम कार्यान्वयनका लागि संघ सरकारबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ। तर नियमन गर्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो,” मन्त्री पोखरेलले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स