देशभरका २५ अत्यावश्यक सेवामा हडताल निषेध, उल्लंघन गरे कारबाही हुने

देशभरका २५ अत्यावश्यक सेवामा हडताल निषेध, उल्लंघन गरे कारबाही हुने

नेपाल सरकारले देशभरका २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न कानुनी रूपमा निषेध गरेको छ। गृह मन्त्रालयको सिफारिसमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गरी जेठ २५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको हो।

सरकारले निषेध गरेका सेवाहरूमा डाक, तार, टेलिफोन, इन्टरनेट तथा अन्य सञ्चार सेवादेखि जल, स्थल र हवाई यातायात सेवासम्म पर्छन्। त्यस्तै अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण सेवा, खानेपानी, विद्युत र पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण सेवामा पनि हडताल गर्न पाइने छैन। दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका खाद्यान्न, दाल, चामल, नुन र तेलको पैठारी, ढुवानी तथा वितरण सेवा पनि यस सूचीमा समावेश छन्।

साथै बैंकिङ, बिमा, पर्यटन, होटेल तथा रेष्टुराँ सेवा, भेटेरिनरी सेवा, मौसम पूर्वानुमान सेवा, राहदानी विभाग र कन्सुलर सेवा पनि निषेधित सेवामा परेका छन्। हवाई अड्डा सञ्चालन, रक्षा सामग्री उत्पादन तथा वितरण, आन्तरिक सुरक्षा कार्य, फोहोरमैला व्यवस्थापन, सरकारी छापाखाना सेवा तथा मास्क र ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवामा समेत हडताल गर्न नपाइने व्यवस्था गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स