एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयरको लिलामी आजबाट सुरू, कहाँ दिने आवेदन?
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज माघ २० गते देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ । कम्पनीले यसअघि गत मंसिर ११ देखि पुस १६ सम्म १०:५.२५६ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीका लागि खुला गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ। यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । साथै, अधिकतम सबै कित्ता सेयरका लागि पनि आवेदन दिन पाइनेछ।
आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।बोलपत्र कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं र एनएलजी इन्स्योरेन्सका शाखा कार्यालयहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा बुझाउनुपर्नेछ।