स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६ सम्मको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
यसका लागि बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । त्यस्तै, बैंकले सूचजा जारी भएको एक महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ । उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।













![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया