प्रवक्ता गुरुङ भन्छन्, “संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन्”



Advertisement
Ads

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबीच भएको सहमति यथावत् रहने बताएका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्‌का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। उनले सहमतिमा असर पुग्ने कुनै कदम नचलिने विश्वास दिलाए।


Advertisement

गुरुङले संविधान संशोधन प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई यही सन्दर्भमा बुझ्नुपर्ने धारणा राखे।

उनका अनुसार, संविधान संशोधनका कारणहरू पहिचान गरी कांग्रेस–एमालेले प्राथमिकता तय गर्नेछ। त्यसपछि संशोधनका विषयमा अन्य दलहरूसँग छलफल गरिनेछ। उनले राष्ट्रिय एजेन्डाका आधारमा मात्र संविधान संशोधन अघि बढ्ने र यसले समय लिन सक्ने बताए।

सदनमा होल्डमा रहेका विधेयकहरूबारे पनि अन्य दलहरूसँग छलफल गरेर तीलाई छिटो अघि बढाइने उनले जानकारी दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर