सभापति थापा भन्छन्, “अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ”

सभापति थापा भन्छन्, “अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ”

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई आज सम्बोधन गर्दै उनले उत्तेजना फैलाउनेभन्दा पनि धैर्य र क्षमताका साथ मुलुकलाई निकास दिन सक्ने भूमिकामा कांग्रेस उभिनुपर्ने बताए।

उनले भने, ‘अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ। आगो जसले पनि लगाउन सक्छ तर निभाउन धैर्यता र क्षमता चाहिन्छ। त्यो तागत हामीले राख्नुपर्छ।’

थापाले मुलुकमा देखिएको निराशाको मुख्य कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै नागरिकहरूको नजरमा भ्रष्टाचार नै सबैभन्दा ठूलो शत्रु बनेको बताए।

‘नेपालको सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा नागरिकले करप्सन भन्छन्। भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बनेर नेपाली कांग्रेस अघि बढेको छ,’ उनले भने।

उनले कांग्रेसका नेताहरू टाउकोदेखि पुच्छरसम्म स्पष्ट सङ्कल्पका साथ अघि बढेको दाबी गर्दै भने, ‘हिजो हामीले नेपाललाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्नेछौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स