SHAREHUBSHAREHUB

सभामुख घिमिरे भन्छन्, “संसद विघटन असंवैधानिक हो, तत्काल पुनर्स्थापना हुनुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
AdvertisementAds
सभामुख घिमिरे भन्छन्, “संसद विघटन असंवैधानिक हो, तत्काल पुनर्स्थापना हुनुपर्छ”
AdvertisementAds

सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनस्र्थापना आवश्यक रहेको बताए।

झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनस्र्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे।

“संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,” उनले भने। अहिलेको पहिलो आवश्यकता संसद् पुनस्र्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनका भनाइ थिए।

सभामुख घिमिरेले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स