सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाईको शुरुमा नै सभामुखज्युले कान सुन्नुहुन्छ कि हुन्न ? भनि अभिव्यक्ति दिएपछि उनलाई बोल्नबाट रोक लगाउँदै संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकको शुरुमा नै सभामुख अर्यालले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘माननीय सदस्य राजेन्द्रकुमार राईले यस अघि बोल्नु भएको आजै यस अघि बोल्ने क्रममा प्रयोग गर्नु भएको सम्पूर्ण शब्दहरु संसदीय अभिलेखबाट म सचिवालयलाई निर्देश गर्दछु ।’
यस अघि बोल्दै सांसद राईले आफूले बोलेको शब्द सुन्न नपाउँदै आवेशमा आएर सभामुख अर्यालले आफ्नो माईक काटोको गुनासो गरेका थिए ।
–न्युज एजेन्सी नेपाल

प्रतिकृया