बाहिर चर्चामा रहेका कतिपय मान्छेहरू नशामा भेटिन्छन्, एमालेका युवाहरू दुर्व्यसनमुक्त छन्: ओली

बाहिर चर्चामा रहेका कतिपय मान्छेहरू नशामा भेटिन्छन्, एमालेका युवाहरू दुर्व्यसनमुक्त छन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरू कुनै पनि प्रकारको दुर्व्यसनमा नरहेको दाबी गरेका छन्। हालै सम्पन्न महाधिवेशनका क्रममा स्वयंसेवकका रूपमा खटिएका युवाहरूको अनुशासन र व्यवहारको प्रशंसा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

महाधिवेशनमा सक्रिय युवाहरूसँग प्रत्यक्ष सम्पर्कमा पुगेको अनुभव सुनाउँदै ओलीले कसैबाट पनि खैनी वा अन्य नशालु पदार्थको गन्ध नआएको उल्लेख गरे। ओलीले खैनीजस्तो पदार्थ प्रयोग गरिएको भए सजिलै थाहा हुने भए पनि त्यस्तो अवस्था कतै नदेखिएको बताए।

सोहि क्रममा उनले देशमा चर्चित र प्रभावशाली भनिने केही व्यक्तिहरू भने नशाको अवस्थामा भेटिने गरेको टिप्पणी पनि गरे।

 ‘बाहिर चर्चामा रहेका कतिपय मान्छेहरू नशामा भेटिन्छन्,’ ओलीले भने, ‘हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनुहुन्न।’

आफ्नो अभिव्यक्तिले कसैलाई आत्मसमीक्षा गर्न प्रेरणा मिले आफूलाई खुशी लाग्ने उल्लेख गर्दै ओलीले दुर्व्यसन त्याग्न सके त्यो सकारात्मक परिवर्तन हुने बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स