instainsta

सप्तरीमा ४ अर्ब लगानीमा ६ वटा नयाँ उद्योगहरु खुल्दै, हजारौँ परिवारले रोजगारी पाउने

सप्तरीमा ४ अर्ब लगानीमा ६ वटा नयाँ उद्योगहरु खुल्दै, हजारौँ परिवारले रोजगारी पाउने
AdvertisementAds

सप्तरीको सुरुङ्गा नगरपालिका–३, लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिक ग्राम स्थापना हुने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेको अगुवाइमा १४ बिघा क्षेत्रफलमा रु चार अर्बको लागतमा छवटा उद्योग निर्माण गरिनेछ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले औद्योगिक ग्रामको शिलान्यास गर्दै यस परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्दै औद्योगिक विकासमार्फत देशलाई समृद्धितर्फ लैजान मद्दत गर्ने विश्वास व्यक्त गरे। ‘बिग इन्डस पदमनगर’का सञ्चालक न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरको सामाजिक योगदानलाई चिरस्थायी बनाउन जन्मभूमिमा उद्योग खोल्ने निर्णय लिएको बताए।

परियोजनामा विभिन्न उद्योगहरू सञ्चालन हुनेछन्, जसमा फलफूलको जुस उत्पादनका लागि ‘पल्प’ उद्योग, २,००० मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज, भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन उद्योग, सिसा तथा बोटल उद्योग, ‘बिटुमिन’ तथा पेन्टस् उद्योग र ३ मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापना गरिनेछ। उद्योग सञ्चालन भएपछि ५ सय जनाले प्रत्यक्ष र ५ हजार परिवारले अप्रत्यक्ष रोजगारी पाउने छन्।

सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले यस परियोजनाले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्। परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार चार अर्ब लागत अनुमान गरिएको यस औद्योगिक ग्रामको सम्पूर्ण संरचना निर्माण गर्न दुई वर्ष लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स