सिन्धु विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग्यो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
सिन्धु विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग्यो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

सिन्धु विकास बैंक लिमिटेडले विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि दक्ष, इमानदार र सक्षम कर्मचारीहरूको लागि दरखास्त आह्वान गरेको छ। बैंकले योग्य तथा इच्छुक नेपाली नागरिकहरूलाई तोकिएको योग्यता र अनुभवका आधारमा आवेदन दिन आह्वान गरेको हो।

बैंकले ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट, आईटी असिस्टेन्ट, शाखा प्रबन्धक, सूचना सुरक्षा अधिकृत (ISO) तथा म्यानेजमेन्ट ट्रेनी पदहरूमा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। ट्रेनी असिस्टेन्ट पदका लागि +2 उत्तीर्ण, जुनियर र सिनियर असिस्टेन्ट पदका लागि +2 वा स्नातक, आईटी असिस्टेन्ट पदका लागि BSc, CSIT, BCA वा BIM, शाखा प्रबन्धकका लागि स्नातक वा स्नातकोत्तर तथा सूचना सुरक्षा अधिकृतका लागि कम्प्युटर साइन्स वा सूचना प्रविधिमा स्नातक योग्यता आवश्यक रहेको छ। म्यानेजमेन्ट ट्रेनी पदका लागि व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण तथा न्यूनतम प्रथम श्रेणी वा ३ CGPA आवश्यक छ। अनुभव आवश्यक पर्ने पदहरूमा सम्बन्धित क्षेत्रमा १ देखि ५ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।

बैंकले उम्मेदवारहरूलाई एमएस अफिस टुल्समा दक्षता, वित्तीय मोडेलहरू प्रयोग गर्ने क्षमता, सङ्ख्यात्मक तथा वित्तीय विश्लेषणमा बलियो पकड, उत्कृष्ट सञ्चार तथा नेटवर्किङ सीप तथा दुईपांग्रे सवारी चालक अनुमति पत्र अनिवार्य गरेको छ।

योग्य तथा इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन, बायोडाटा (CV), नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू, अनुभव प्रमाणपत्रहरू तथा पासपोर्ट साइजको फोटो [email protected] मा फाल्गुन २९ २०८१ (मार्च १३, २०२५) भित्र पठाउनु पर्नेछ।

साथै कुनै पनि प्रकारको सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने बैंकले जनाएको छ।

download 17 https://bajarkochirfar.com/sindhu-bikas-bank-asks-for-a-large-number-of-employees-if-you-try-to-hire-resource-force-you-will-be-automatically-disqualified | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स