सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्री नेपाल बीमक संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत आनन्द बाबु खड्काका अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको अन्तिम समयसम्म सबै पदमा एक-एक जनाको मात्र दाबी परेकाले मतदान कार्यक्रम आवश्यक नभएको जनाइएको छ।
नयाँ कार्य समितिको उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोक कुमार खड्का, महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त, कोषाध्यक्षमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन्। समितिमा सदस्यहरूका रूपमा ओरिएन्टल इन्स्योरेन्सका टोटोन चक्रवर्ती, हिमालयन एभरेष्ट इन्स्योरेन्सकी अञ्जु श्रेष्ठ र प्रभू इन्स्योरेन्सका सञ्चित बज्राचार्य चयन भएका छन्।
नेपाल बीमक संघमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू आबद्ध छन्। संघको वर्तमान अध्यक्ष सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री हुन्। उनको नेतृत्वमा २०७८ पुस २३ मा सम्पन्न साधारण सभाले कार्य समिति चयन गरेको थियो।













![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया