सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सभामा लाभांशसहित विभिन्न प्रस्तावहरू पेश गरिनेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया