नेपाल प्रिमियर लिगमा मुख्य प्रायोजन गरेको सिद्धार्थ बैंकको हालसम्मकै कम लाभांश घोषणा

नेपाल प्रिमियर लिगमा मुख्य प्रायोजन गरेको सिद्धार्थ बैंकको हालसम्मकै कम लाभांश घोषणा

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो लाभांश पछिल्ला वर्षहरूमा बैंकले घोषणा गरेको लाभांश मध्य सबैभन्दा कम हो।

गत वर्ष बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो। आर्थिक वर्ष ०७८/७९ मा १३.१६ प्रतिशत, ०७७/७८ मा १५ प्रतिशत र ०७५/७६ मा २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकका रूपमा बैंकले ५ वर्षका लागि वार्षिक ३.६ करोड रुपैयाँमा डिल गरेको छ। यस प्रायोजनले बैंकको ब्रान्डिङलाई भने बलियो बनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

Fiscal Year Cash Dividend (%) Bonus Share (%) Total (%)
080-081 4 4
079-080 4.21 4.21
078-079 0.66 12.5 13.16
077-078 0.75 14.25 15
076-077 3 12 15
075-076 15.26 10 25.26
074-075 8.16 5 13.16
073-074 14 14
072-073 39 39
071-072 1.05 20 21.05
070-071 11.16 12 23.16
069-070 10.11 12 22.11
068-069 8.42 8.42
067-068 12.79 3 15.79

Screenshot 8 12 2024 114115 www.nepalstock.com .np https://bajarkochirfar.com/siddharth-banks-dividend-announcement-563-5-million-will-be-distributed-to-investors | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स