साउन १ गतेसम्म कायम सेयरधनीले पाउनेछन् प्रभु इन्स्योरेन्सको लाभांश, कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
साउन १ गतेसम्म कायम सेयरधनीले पाउनेछन् प्रभु इन्स्योरेन्सको लाभांश, कति दिँदैछ ?

प्रभु इन्स्योरेन्स लिमिटेडको १८.९४७४ प्रतिशत लाभांश सुरक्षित गर्ने साउन १ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार साउन १ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउन सक्नेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारण सभा शुक्रबार साउन २३ गते बोलाएको छ। सभामा १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश सहित कुल १८.९४७४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ। त्यसैगरी, यसअघि स्वीकृत गरिएको ५०.१५ प्रतिशत हकप्रद सेयर प्रस्तावलाई संशोधन गर्दै ४७ प्रतिशतमा कायम गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८०/८१ को वासलात, नाफा/नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गरिनेछ। साथै, २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पेश गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स