लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्स मा रहेको केन्द्रीय कार्यालयमा सभा बिहान ११ बजे सुरु हुने निर्णय गरेको हो।

यस सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकाले, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। साथै, सभाले संस्थागत उत्तरदायित्व अन्तर्गतका खर्च पारित गर्ने र नियामक निकायबाट प्राप्त रायसुझावलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न अख्तियारी सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। त्यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित हुनेछ।

कम्पनीले लाभांश र सभा प्रयोजनार्थ आफ्नो सेयरधनीको सूची चैत २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, चैत २५ गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश पाउने र सभामा सहभागी हुन योग्य हुनेछन्।

prabhu insurance agm dividends notice 1775022665249 scaled https://bajarkochirfar.com/prabhu-insurance-calls-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स