प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव मुख्य एजेन्डाका रूपमा पेश गरिनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत्र २६ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, चैत्र २५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




















प्रतिकृया