कर्णालीको कारोबार रोक्का हुदा अन्य विकास बैंकको सेयर मूल्य घट्यो

कर्णालीको कारोबार रोक्का हुदा अन्य विकास बैंकको सेयर मूल्य घट्यो
AdvertisementAds
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएसँगै अन्य विकास बैंकको सेयर मुल्यमा गिरावट आएको छ। बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि  बैंकको सेयर कारोबार आज बिहिबार देखि रोक्का गरिएको हो। समाचार तयार पर्दा सम्म सबै विकास बैंकको मूल्य घटेको छ भने आर्थिक समस्या भएका अरु उपसमुहका कम्पनीको सेयरमूल्य पनि घटेको छ ।

हाल सम्म नारायणी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले, सिन्धु विकास बैंकको सेयरमूल्य ९.१६ प्रतिशतले, सप्तकोशी विकास बैंकको सेयरमूल्य ८.४१ प्रतिशतले, ग्रीन  बैंकको सेयरमूल्य ६.०१ प्रतिशतले, कर्पोरेट विकासको सेयरमूल्य ४.९५ प्रतिशतले घटेको छ। त्यस्तै, बाकी विकास बैंकको सेयर मूल्य पनि घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स