सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा आफ्नो एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान साढे १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५% बोनस सेयर र कर प्रयोजनसहित ५.३५८३% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसबाहेक, सभा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र लेखापरीक्षक नियुत्तल गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने योजना बनाएको छ। यस अनुसार, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश पाउन सक्षम हुनेछन्।




















प्रतिकृया