नेपाल आयल निगमको कार्यकारी निर्देशकमा शाह नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २१ गते
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा शाह नियुक्त
AdvertisementAds

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र शाहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।

शाह नेपाल आयल निगमका पूर्व कर्मचारी हुन्। उनले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक पदका लागि गत असार २ गतेदेखि २२ गतेसम्म खुला प्रतिस्पर्धामार्फत आवेदन मागेको थियो। छनोट प्रक्रियापछि कौशल केसी, सीए नागेन्द्र शाह र सञ्जीवकुमार देव अन्तिम तीनमा सिफारिस भएका थिए।

उक्त सिफारिसमध्ये मन्त्रिपरिषद्ले निगममा लामो कार्यानुभव रहेका शाहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स