काठमाडौं महानगरमा अब ज्येष्ठ नागरिकले डाक्टर भेट्न अस्पताल धाउनु नपर्ने, घरमै पुग्नेछ स्वास्थ्य टोली

काठमाडौं महानगरमा अब ज्येष्ठ नागरिकले डाक्टर भेट्न अस्पताल धाउनु नपर्ने, घरमै पुग्नेछ स्वास्थ्य टोली

काठमाडौं महानगरपालिकाले आजदेखि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ।

कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले कार्यक्रममा औपचारिक रूपमा कार्यक्रमको सुरुवात भएको जानकारी दिँदै महानगरले स्वास्थ्य सेवा अब अस्पतालमा मात्र सीमित नरहने स्पष्ट पारेकी छिन्। उनले भनिन् कि घरदैलोमै उपलब्ध गराइने सेवामा स्वास्थ्य सर्वेक्षण, नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य प्रवर्द्धनसम्बन्धी परामर्श, आवश्यक औषधि उपलब्ध गराउने र जटिल अवस्थामा अस्पतालसम्म पुर्‍याउने सहजीकरणसमेत समावेश हुनेछ।

कार्यवाहक नगर प्रमुख डंगोलका अनुसार यो सेवा विशेषगरी शारीरिक रूपमा असक्त वा अस्पताल पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिकलाई लक्षित गरी सुरु गरिएको हो।

622391399 1400991214300313 2456372500033174458 n https://bajarkochirfar.com/senior-citizens-in-kathmandu-metropolitan-city-will-no-longer-have-to-go-to-the-hospital-to-see-a-doctor-health-teams-will-reach-their-homes | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स