SHAREHUBSHAREHUB

धितोपत्र बोर्डले एनएमबि बैंकलाई दियो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको अनुमति

AdvertisementAds
धितोपत्र बोर्डले एनएमबि बैंकलाई दियो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको अनुमति
AdvertisementAds

एनएमबि बैंक लिमिटेडले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य सञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएको हो।

यसअनुसार एनएमबि बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ३ करोड कित्ता अग्राधिकार सेयर निष्काशन गर्नेछ।

उक्त अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ। तर, लाभांश भने बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्र वितरण गरिनेछ।

एनएमबि बैंकको अग्राधिकार सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई दिइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स