लाभांश पारित गर्न सानिमा रिलायन्सले बोलायो चैत ८ गते साधारणसभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
लाभांश पारित गर्न सानिमा रिलायन्सले बोलायो चैत ८ गते साधारणसभा, बुक क्लोज कहिले ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ८ गते शुक्रबार आठौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा चुक्ता पूँजीको १ दशमलव २४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरिनेछ। बोनस सेयर वितरणपछि पूँजी वृद्धि गर्ने प्रस्ताव सहित प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गरिनेछ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स