सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गर्दैछ। यसमा १८ लाख ५२ हजार ५०० कित्ता सेयर अतिप्रभावित क्षेत्र, अर्थात् बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाका लागि छुट्याइएको छ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सेयर वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाका लागि उपलब्ध गराइनेछ।
स्थानीयले आवेदन लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालय, साथै बुंगलस्थित कम्पनीको पावर हाउस मार्फत दिन सक्नेछन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदनको समयसीमा छिटोमा चैत्र २२ सम्म र यदि पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ सम्म कायम रहने छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली (श्रम स्वीकृति लिएका) का लागि ५ लाख ७० हजार कित्ता सेयर उपलब्ध गराइने छ, जसका लागि आवेदन न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म गर्न सकिने छ र आवेदन समयसीमा चैत्र ११ सम्म हुनेछ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्न लागिएको यस प्रक्रियामा लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया