insta insta

साना किसान विकास लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

साना किसान विकास लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?
Advertisement Ads

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुल्ला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ। रिक्त सीईओ पद भर्ने निर्णय कम्पनीले गरेको हो।

आवेदन गर्न इच्छुक उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, विश्वविद्यालय, संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ/संस्थामा कम्तीमा १० वर्ष अधिकृत वा सोभन्दा माथो पदमा अनुभव भएको हुनु आवश्यक छ।

उम्मेदवारले आवश्यक कागजातसहित आवेदन आउँदो कात्तिक १९ गतेभित्र काठमाडौं, बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सक्नेछन्।

job sana kisan bikas scaled 1 https://bajarkochirfar.com/sana-kishan-bikash-laghubitta-seeks-ceo-what-qualifications-are-required | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स