धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरेको दाबी गरेका छन्। तर उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
हालै “प्रधानमन्त्री बन्ने लक्ष्यसहित काठमाडौँ आएको” भन्ने चर्चा भए पनि साम्पाङले त्यसलाई असत्य ठहर गरेका छन्। यस्तै, बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको खबरसमेत उनले नकारेका छन्।
लगातार खिसीटिउरी भएपछि आफूलाई खानेपानी र श्रम मन्त्री बनाउन भनिएको तर स्वीकार नगरेको तथ्य सार्वजनिक गरेको साम्पाङले स्पष्ट पारेका छन्।


प्रतिकृया